बाढीपहिरोले पाँच महिनामा २७१ को मृत्यु
काठमाडौं, भदौ ३१ : बाढी तथा पहिरोलगायतका विपदका घटनाबाट पाँच महिनाको अवधिमा दुई सय ७१ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार २....

काठमाडौं, भदौ ३१ : बाढी तथा पहिरोलगायतका विपदका घटनाबाट पाँच महिनाको अवधिमा दुई सय ७१ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममाबाढी तथा पहिरोलगायतका विपदका घटनामा परी उनीहरूको ज्यान गएको हो।
त्यस्तै, विपद्का घटनामा परी ६ सय ४६ जना घाइते भएका छन्। अहिलेसम्म सात सय ६७ जना विस्थापित भएको प्रहरीले जनाएको छ।
यसैगरी, विपदका घटनामा परी एक हजार ६३ चौपाया मरेका छन्। चार हजार ६ सय सात घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महिनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको बताए। पाँच महिनाको अवधिमा १५ पुलमा क्षति, एक हजार सात सय ६१ घर, दुई सय १७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ।
विपद्का घटनाबाट दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपद्मा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिए।
नेपाल प्रहरीले २०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी काम गरिरहेको छ। अहिले देशका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको जनाएको छ।











-1784808429.png)