Kathmandu Press

अझै खुलेन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला

धनगढी, माघ २५ : झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ ।विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक...
अझै खुलेन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला

धनगढी, माघ २५ : झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ ।

विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

Hardik ivf

कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति गरेपछि सोको विरोधमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका थिए।

महिनौं लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन ।

विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताए।  

 

प्रकाशित मिति: १०:३० बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्