गगन थापाको सुझाव- कमरेड! अरिङ्गाल प्रवृत्ति छोड्नुस्, विरोधी तत्व आफैँ परास्त हुन्छन्
काठमाडौं, भदौ ३० : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाउने नेकपाका भ्रातृ संगठनको निर्ण....
काठमाडौं, भदौ ३० : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाउने नेकपाका भ्रातृ संगठनको निर्णयप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद थापाले लोकतान्त्रिक गणतन्त्र नेपालमा ज्ञानेन्द्र शाही मात्रै नभएर पूर्वराजा ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिँड्न पाउने बताएका छन्। उनले लोकतन्त्रमा हरेकले आफ्ना विचार राखेर स्वतन्त्रपूर्वक हिँड्न पाउने बताएका छन्। गल्ती गर्नेलाई निषेध गरेर नभई विधिले बाँध्नु पर्ने सुझाव दिएका छन्।
थापाले अरिङ्गाल प्रवृत्ति छोडेर सरकारको गती र मति ठीक पार्न पनि आग्रह गरेका छन्। ‘सरकारको गति र मति ठीक पार्नुहोस् आफ्नो अरिङ्गाल प्रवृत्ति छोड्नुहोस्। परिवर्तन विरोधी तत्व आफैँ परास्त हुन्छन्,’ थापाले भनेका छन्।
यसअघि भ्रष्टाचारविरोध अभियन्ता भनेर आफूलाई चिनाउने ज्ञानेन्द्र शाहीलाई नेकपाको तत्कालीन कास्की जिल्ला युवा संघ र तत्कालीन वाइसीएल नेपालले कास्की प्रवेशमा निषेध गरिएको विज्ञप्ति जारी गरेका थिए।






