Kathmandu Press

गैंडाको खाग तस्करी गरेको आरोपमा २३ वर्षपछि पक्राउ

चितवन, माघ २५ : गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ।चितवनको कालिका...
गैंडाको खाग तस्करी गरेको आरोपमा २३ वर्षपछि पक्राउ

चितवन, माघ २५ : गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ।

चितवनको कालिका नगरपालिका-२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपानेलाई पक्राउ गरिएको हो। उनलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकिएको थियो।

Hardik ivf

उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका-७ फुटुङ्गबाट पक्राउ गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका कृष्णलाई कोभिड–१९ सङ्क्रमण देखिएको थियो।

कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै कृष्णलाई कारागार कार्यालय भरतपुर पठाइएको उनले जानकारी दिए।

२०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोग लागेको थियो। सो घटनामा १२ जना आरोपित भएका थिए। (रासस)

प्रकाशित मिति: ०८:४७ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्