भूमिहीनको समस्या समाधान हुन्छ, शंका नगर्नुस् : मन्त्री अर्याल
काठमाडौं, भदौ ३० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान ग....

काठमाडौं, भदौ ३० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनलाई अनावश्यक हल्ला गरिएको बताएकी छिन्।
सामुदायिक आत्मनिर्भर केन्द्रको बाह्रौं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले लामो समयपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएकाले कानुनभित्र रहेका राम्रा पक्षको चर्चै नगरेर एउटा विषयलाई मात्र बढी चर्चा गरिएको बताएकी हुन्।
‘हामीले लामो समयपछि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुन ल्याएका छौँ’, मन्त्री अर्यालले भनिन्,‘यसका राम्रा विषय चर्चा नै नगर्ने। तर एउटा विषयलाई अनावश्यक हल्ला गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका कुरा ओझेलमा पार्ने षड्यन्त्र त भएको छैन कि ? भन्ने शंका उब्जिएको छ।’
सरकारले बोकेको झण्डा समानताको झण्डा भएको भन्दै उनले भूमिहीनका समस्या समाधान गर्दैन कि भनेर शंका नगर्न समेत आग्रह गरिन्। उनले भनिन्,‘हामीले बोकेको झण्डा समानताको हो। लामो समय यही एजेन्डा बोकेको व्यक्तिले कार्यान्वयन गर्दैन कि भन्ने आशंका नगरे हुन्छ।’











-1784808429.png)