नेपाली सेनाद्वारा अवरुद्ध सडकहरुको सुचारु
काठमाडौं, माघ २४ : नेपाली सेनाले प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानहरुमा अत्याधिक हिमपातका कारण बन्द रहेका सडकहरु सुचारु गराएको छ । सेनाको टोलीले....jpg)
काठमाडौं, माघ २४ : नेपाली सेनाले प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानहरुमा अत्याधिक हिमपातका कारण बन्द रहेका सडकहरु सुचारु गराएको छ ।
सेनाको टोलीले बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे–पाटन–सतबाँझ–धरमघर) सम्म सडकमा जमेको हिमपात हटाई यातायात सूचारु गराएको हो ।
यस्तै अछाम जिल्ला, मंगलसेन नगरपालिका, वडा नं. ६ स्थित ठूलासैनदेखि कमलबजार नगरपालिका, वडा नं. ५ स्थित गैरिटाँडसम्म जमेको हिउँ पन्छ्याई मध्य पहाडी लोकमार्गमा यातायात सूचारु गराएको हो ।
यसैगरी नेपाल प्रहरी लगायत स्थानीयवासीहरुको सहयोगमा भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत डडेलधुरा जिल्ला, गन्यापधुरा गाउँपालिका, वडा नं. १ स्थित भात्कांडा ईलाकादेखि साहुखर्क तथा साहुखर्कदेखि गैरा हुँदै हगुल्टे सडक खण्डमा जमेको हिउँ पन्छ्याई राजमार्ग सूचारु गराएको सेनाले जनाएको छ ।












