इन्द्रायणी पार्क शिलान्यास
काठमाडौं, माघ २४ : काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले आज इन्द्रायणी गुरुयोजना अन्तर्गत पार्कको शिलान्यास गरेका छन् ।कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा...
काठमाडौं, माघ २४ : काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले आज इन्द्रायणी गुरुयोजना अन्तर्गत पार्कको शिलान्यास गरेका छन् ।
कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने, हरियाली विकास गर्ने तथा पार्क बनाउने कार्यक्रम अनुसार मेयर शाक्यले पार्कको शिलायास गरेका हुन् । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ ।
यसको लागत १ करोड ८० लाख रुपैयाँ गरिएको थियो । शिलान्यासपछि बोल्दै मेयर शाक्यले, प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा विग्रिँदै गएको उल्लेख बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्यहरु र स्थानीयहरु सहभागी थिए ।
प्रकाशित मिति: १८:३६ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












