नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग
काठमाडौं, माघ २४ : नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमक्ष नेपाल एयरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न...
काठमाडौं, माघ २४ : नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमक्ष नेपाल एयरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन्।
आज (सोमबार) मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे। उनले भने, ‘नेपालमा पर्यटन क्षेत्रको विकास र पर्यटक भित्र्याउनका लागि नेपाल–कोरिया सिधा हवाई उडान हुन आवश्यक छ, सरकारको तर्फबाट पहलहोस्।’
निर्देशक ह्वाङ्क्युले राख्नुभएको प्रस्तावमा मन्त्री आलेले नेपाल–कोरिया सिधा हवाई उडानका लागि आवश्यक छलफल गरिने बताए। उनले भने, ‘तपाईहरूले राख्नुभएको प्रस्ताव राम्रो छ, हामी छलफल गरी खबर गर्छौं।’
प्रकाशित मिति: १८:१९ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












