मौज्दात खोपबारे विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन
काठमाडाैं, माघ २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात खोपबारे विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।मन्त्रालयले केही...
काठमाडाैं, माघ २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ जिल्ला र १०९ स्थानीय तहलाई मौज्दात खोपबारे विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
मन्त्रालयले केही समयअघि मौज्दात खोप र कोभिड-१९ विरुद्धको खोप लगाएका सबै व्यक्तिको विवरण डिएचआइएस-२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको थियो। ७१ जिल्ला र ६४४ स्थानीय तहले सो विवरणा प्रविष्ट गरिसकेका छन्।
मन्त्रालयले सबै जिल्ला र स्थानीय तहलाई यही माघ २१ गतेसम्म प्राप्त खोपको मात्रा तथा म्याद गुज्री वा अन्य कुनै कारणवश क्षती भई प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरणसमेत आउने २६ गते दिउँसो ३ देखि ४ बजे भित्र प्रणालीमा अनिवार्य रूपमा राख्न आग्रह गरेको छ।

प्रकाशित मिति: १८:०० बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












