Kathmandu Press

विप्लव समूहका झापा जिल्ला सेक्रेटरीसहित दुई पक्राउ

सुरुङ्गा, भदौ ३० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जना पक्राउ परेका छन्।

विप्लव समूहका झापा जिल्ला सेक्रेटरीसहित दुई पक्राउ
फाइल

सुरुङ्गा, भदौ ३० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्रसहित दुई जना पक्राउ परेका छन्।

सोमबार बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकैको चिया पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी मिश्रसहित जिल्ला सदस्य टीका पोखरेल रहेका छन्। 

विशेष सूचनाको आधारमा उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिए। 

केही दिनअघि बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेड र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागत मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा प्रहरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्