Kathmandu Press

न्याय परिषद्को बैठक स्थगित

काठमाडाैं, माघ २४ : न्यायाधीश नियुक्ति गर्न आज (सोमबार) का लागि बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको...
न्याय परिषद्को बैठक स्थगित

काठमाडाैं, माघ २४ : न्यायाधीश नियुक्ति गर्न आज (सोमबार) का लागि बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको थियो तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित भएको हो।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ।

प्रकाशित मिति: १६:३४ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्