विश्व शान्ति कायम गर्न शान्ति समाजको माग
काठमाडाैं, माघ २४ : रुस-युक्रेन तनाव कम गर्न आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ।जोरपाटी चोकमा...
काठमाडाैं, माघ २४ : रुस-युक्रेन तनाव कम गर्न आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ।
जोरपाटी चोकमा आज आयोजित शान्तिपूर्ण धर्नामा गोकर्णेश्वर नगरपालिका–५, ६ र ८ का वडाध्यक्षहरु क्रमशः नारायण सुवेदी, रमेश अर्याल र मनोज ढुङ्गानाले रुस र युक्रेनबीचको तनाव कम गर्न विश्व समुदायले पहल गर्नुपर्ने धारणा राखेका थिए।
यसैगरी शान्ति समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, पूर्वकेन्द्रीय सभापति उत्तम पुडासैनी, केन्द्रीय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सचिव नम्रता खरेल, काठमाडौं जिल्लाका पूर्वसभापति ईश्वर पुडासैनी, शाखा सभापति भगवान पुडासैनी, सचिव प्रमोद फुयाँल लगायतले विश्वमा शान्ति कायम गर्न सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए।
प्रकाशित मिति: १४:४१ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












