Kathmandu Press

नेपालगञ्ज घटनाबारे बुद्ध एयरले भन्यो- जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेकै हो

काठमाडौं, भदौ ३० : बाँकेको राझा विमानस्थलमा जहाजभित्र संस्कृति, नागरिक तथा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शनिबार भएको दुर्व्यवहारको घटनाबारे बुद....

नेपालगञ्ज घटनाबारे बुद्ध एयरले भन्यो- जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेकै हो

काठमाडौं, भदौ ३० : बाँकेको राझा विमानस्थलमा जहाजभित्र संस्कृति, नागरिक तथा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शनिबार भएको दुर्व्यवहारको घटनाबारे बुद्ध एयरले स्पष्टिकरण दिएको छ।

बुद्ध एयरले सोमबार विज्ञप्ति निकालेर नेपालगञ्जको राझाँ विमानस्थलबाट जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्पष्ट पारेको छ। बुद्ध एयर प्रा.लि.का बजार व्यवस्थापन विभागका निर्देश रुपेश जोशीले नेपालगन्जलाई दिएको रिभाइज टाइम अनुसा २४ मिनेट ढिला भई ७ बजेर ४ मिनेटमा विमान काठमाडौंका लागि उठेको स्पष्ट पारेका छन्।

काठमाडौंबाट नेपालगन्जका ५ बजेर ५० मिनेटमा उड्नु पर्ने विमान काठमाडौंबाटै २३ मिनेट ढिला ५ बजेर १३ मिनेटमा उडेर ६ बजेर २ मिनेटमा नेपालगन्जमा अवतरण गरेको जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुद्ध एयरले पर्यटन मन्त्रीका सहयोगीले ६ बजेर २५ मिनेटमा नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत फोन गरेर धम्बोजी आइपुगेको र केहीबेरमा विमानस्थल आइपुग्ने जानकारी गराएपछि यात्रुहरुलाई साढे ६ बजे विमानमा बोर्डिङ गराएको तर जानकारी गराएभन्दा ढिला मन्त्री भट्टराई विमानस्थल आइपुगेको उल्लेख छ।

बुद्ध एयरले मन्त्रीका सुरक्षाकर्मी र सहयोगीहरुले देखाएको संयमताका कारण पनि आक्रोशित समूहलाई समयमै साम्य पारेर उठान गरिएको स्पष्ट पारेको छ।
 

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, भदौ ३०, २०७६