हिमपातका कारण सुकेटार विमानस्थलमा उडान अवरुद्ध
ताप्लजुङ, माघ २४ : प्रतिकूल मौसमका कारण ताप्लजुङको सुकेटार विमानस्थलमा आज (सोमबार) उडान अवरुद्ध बनेको छ। हिमपात र बाक्लो हुस्सु लागेपछि यहाँ उडान अवरुद्ध...
ताप्लजुङ, माघ २४ : प्रतिकूल मौसमका कारण ताप्लजुङको सुकेटार विमानस्थलमा आज (सोमबार) उडान अवरुद्ध बनेको छ। हिमपात र बाक्लो हुस्सु लागेपछि यहाँ उडान अवरुद्ध भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बूले बताए।
मौसम खुलेपछि मात्र उडान गर्न सकिने विमानस्थलकाे भनाइ छ। गत शुक्रबार पनि विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको लिम्बूले जानकारी दिए।
आजको उडान अवरुद्ध हुँदा काठमाडौं जना टिकट बुकिङ गरेका १४ यात्रु र काठमाडौंबाट ताप्लेजुङ आउन लागेका १२ यात्रु पनि रोकिएका स्टेसनले जानकारी दिएको छ।
निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान भर्दै आइरहेको छ।
प्रकाशित मिति: १३:२४ बजे, सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)
