Kathmandu Press

पर्वतकाे कुश्मामा सञ्चालन हुन थाल्यो ‘स्काई क्याफे’

पर्वत, माघ २४ : पर्वतकाे सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ।कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन्।...
पर्वतकाे कुश्मामा सञ्चालन हुन थाल्यो ‘स्काई क्याफे’

पर्वत, माघ २४ : पर्वतकाे सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ।

कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन्। यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ।  

कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ। ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ।

Hardik ivf

 ‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ। त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भिरका माथि तारमा ‘क्याफे’ विस्तारै हिँडिरहेको हुन्छ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्। ‘बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ, हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौं, स्काइ क्याफे पनि यही अवधारणामा तयार भएको हो,’ कार्कीले भने, ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ।’ 

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का सञ्चालक युवराज जोशीले बताए। अहिले सुरुआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ।

क्याफेका लागि मात्रै झन्डै ९५ लाख लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति रु. २ हजार ५०० शुल्क राखिएको जानकारी दिए। सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ।

अहिले सुरुआत मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पका बारेमा छलफल भइरहेको छ। 

कोभिड–१९ को सङ्क्रमण फैलिएका यसअघिका लहरभन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ। निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भीडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएका छन्।

कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेलाई खोप कार्ड अनिवार्य गरिएको छ। पालो बाँडेर थोरै थोरै सङ्ख्यामा मात्र पर्यटकलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ। त्यस कारण पर्यटकीय क्षेत्रले सङ्क्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘अघिल्ला चरणमा त बन्द नै गरेर बस्नुपरेको थियो, अहिले भने स्मार्ट लकडाउनका कारण त्यति बेलाका जस्तो मारमा पर्नुपरेको छैन,’ उनले भने, ‘हामीले पूर्ण रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौं, ग्राहकलाई पालोअनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौं, जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ।’

कोरोना सङ्क्रमण भए पनि दैनिक बन्जी र स्विङ गर्नेको पनि उत्तिकै भीडभाड रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्