Kathmandu Press

च्यापिएर तीन जनाको मृत्यु

काठमाडौं, माघ २४ : देशका विभिन्न स्थानमा च्यापिएर तीन जनाको मृत्यु भएको छ ।बाजुराको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको...
च्यापिएर तीन जनाको मृत्यु

काठमाडौं, माघ २४ : देशका विभिन्न स्थानमा च्यापिएर तीन जनाको मृत्यु भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर आइतबार दिउँसो मृत्यु भएको हो । घर नजिकै रहेको कोईराली बनमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

Hardik ivf

यस्तै डडेलधुरा, अजयमेरु गाउँपालिका  ४ धारी बस्ने ४५ वर्षीय भोज बहादुर साहुको सल्लाको गोलियाले च्यापिएर आइतबार दिउँसो मृत्यु भएको छ । सोही गाउँपालिका चिलचौरास्थित सल्लाको गोलीया काट्ने क्रममा उक्त गोलियाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यता, बर्दियाको बाँसगढी नगरपालिका ६ दमौली बस्ने सुन्दरलाल थारुको पुरानो घर भत्काउने क्रममा घरको दिवालले च्यापिएर सोही ठाउँ बस्ने २५ वर्षीया बिमला थारुको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्