Kathmandu Press

मनास्लुमा आरोहीको ओइरो, ३९५ ले लिए आरोहणको अनुमति

काठमाडाैं, भदाै ३० : यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन्।

पर्यटन व....

मनास्लुमा आरोहीको ओइरो, ३९५ ले लिए आरोहणको अनुमति
फाइल

काठमाडाैं, भदाै ३० : यस वर्षको शरद ऋतु (अटम सिजन) मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन्। अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन्। 

यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ। शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ। गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन्।

विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि आजसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन्। सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए। सगरमाथा आरोहणका लागि दुई आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन्। 

त्यस्तै धौलागिरि हिमाल आरोहणका लागि दुई आरोही समूहका ३० जनाले अनुमति पाएका छन्। नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस याममा हिमाल आरोहणबाट हालसम्म तीन करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ।

विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए। आरोही दशैँ र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ। 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्