Kathmandu Press

सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि

काठमाडाैं, माघ २३ : साडियो मानेको कप्तानीमा रहेको सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। निर्धारित समयमा पेनाल्टी मिस गरेका मानेले सुटआउट...
सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि

काठमाडाैं, माघ २३ : साडियो मानेको कप्तानीमा रहेको सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ। निर्धारित समयमा पेनाल्टी मिस गरेका मानेले सुटआउट पेनाल्टीमा निर्णायक गोल गरेपछि प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो।

क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा ४(२ले पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे भने बोउना सार गोल गर्न चुके ।

यता, इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गर्दा मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुकेका थिए।

प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्ने दुई साथी माने र मोहमेद सालाहको प्रतिस्पर्धाको रुपमा हेरिएको खेलमा माने सफल बने । सालाहले भने पेनाल्टी हान्ने अवसर नै पाएनन् ।

 

प्रकाशित मिति: १०:५३ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्