Kathmandu Press

ला लिगा : बार्सिलोना र रियल विजयी

काठमाडाैं, माघ २४ : स्पानिस ला लिगाअन्तर्गत आइबार राति भएका खेलमा स्पेनिस जाइन्ट बार्सिलोना र रियल मड्रिड विजयी भएका छन्। बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि...
ला लिगा : बार्सिलोना र रियल विजयी

काठमाडाैं, माघ २४ : स्पानिस ला लिगाअन्तर्गत आइबार राति भएका खेलमा स्पेनिस जाइन्ट बार्सिलोना र रियल मड्रिड विजयी भएका छन्। बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि ४-२को सानदार दिन निकाल्दा रियलले ग्रानडामाथि १-०को जित निकाल्यो।

घरेलु मैदान क्याम्प नेउमा एक गोलले पछिको अवस्था उल्टाउँदै बार्सिलोनाले सानदार जित निकालेको हो । उ खेलको अन्त्यमा १० खेलाडीमा समेटिएको थियो।

खेलको आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। १०औं मिनेटमा जोर्डी अल्बाले डानी अल्भ्जको पासमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२१औं मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २-१ को अग्रता लियो। ४३औं मिनेटमा रोनाल्डो अरुजोले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-१ को अग्रता लियो।

दोस्रो हाफको सुरुआतमै बार्सिलोनाले गोल थप्यो। ४९औं मिनेटमा डानी अल्भ्सले गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए । ५८औं मिनेटमा  बार्सिलोनाका पूर्वखेलाडी  लुइस सुआरेजले एट्लेटिकोका लागि दोस्रो गोल गरे ।

६९औं मिनेटमा अल्भ्सले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । खेलमा त्यसपछि एट्लेटिकोले दबाब दिए पनि गोल भने भएन ।

यता, मार्को ओसेन्सियोको निर्णायक गोल मद्दतमा रियल मड्रिडले ग्रानडामाथि १-०को जित निकाल्यो । करिम बेन्जिमा र भिनिसियस जुनियर विना मैदान उत्रिएको रियलका लागि उनले ७६औं मिनेटमा इडर मिलिटाओको पासमा गोल गर्दै टिमलाई जित दिलाए ।

यो जितसँगै रियलले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ । उसको २३ खेलमा ५३ अंक भएको छ भने दोस्रो स्थानको सेभियाको ४७ अंक छ।

यता, एट्लेटिकोलाई हराउँदै बार्सिलोना पनि शीर्ष चारमा फर्किएको छ। उसको २३ खेलमा ३८ अंक छ भने एट्लेटिको ३६ अंकका साथ पाँचौं स्थानमा छ।

प्रकाशित मिति: १०:२२ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्