Kathmandu Press

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, भदौ ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

बाँके घटनाको विषयलाई लिएर कांग्....

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, भदौ ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

बाँके घटनाको विषयलाई लिएर कांग्रेसले सोमबार पनि संसद अवरुद्ध गरेको हो। सभामुख कृष्णबहादुर महराले पटक पटक आग्रह गरेपनि कांग्रेसका सांसदहरुले अवरोध जारी राखेपछि बैठक स्थगित भएको थियो। 

यसअघि बाँके सभापति किरण कोइरालासहित नेता कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न नेकपाका वडाध्यक्षविरुद्ध किटानी जाहेरी दर्ता भएपछि संसदको अवरोध खुलाउन सहमत भएको थियो। तर, नेकपाका सांसदहरुले वडाध्यक्षविरुद्धको कारवाही स्वीकार्य नहुने बताएपछि सहमति भाँडिएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते बिहान ११ बजेका लागि बोलाइएको छ। 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्