Kathmandu Press

खुकुरी प्रहार गरी दुई जनाको हत्या

खुकुरी प्रहार गरी दुई जनाको हत्या

सिन्धुपाल्चोक, माघ २४ : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहार गरी दुई जनाको हत्या गरिएको छ।

माथिल्लो चिम्लिङका विजय तामाङले स्थानीय बासिन्दा ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा सेवन गरेका विजयले खुकुरी प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। हत्या गर्ने विजयलाई पक्राउ गरिएको उनले बताए।

घटनास्थलमा प्रहरी टोली खटिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्