आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
वीरेन्द्रनगर, माघ २४ : सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।खोलीगाउँकी ५७ वर्षीया शान्ति थापाको...
वीरेन्द्रनगर, माघ २४ : सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
खोलीगाउँकी ५७ वर्षीया शान्ति थापाको हत्या गरेको आरोपमा उनका छोरा ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको प्रहरीको भनाइ छ। घाइते आमाको आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो।
सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो। प्रहरीले घटनास्थलमा मुचुल्का र पोस्टमार्टम रिपोर्टको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ।
हत्या आरोपमा पक्राउ परेका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।










![बाढीपछिकाे त्रिशूली बजार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1788005266.jpg)
