सत्तारुढ समाजवादी पार्टीले संविधान दिवस नमनाउने
काठमाडौं, भदौ ३०ः सरकारले संविधान दिवसलाई विगत वर्षहरूमा भन्दा भव्य रुपमा मनाउने तयारी गरिरहँदा सत्ता–साझेदार अर्को दल समाजवादी पार्टीले भ....
काठमाडौं, भदौ ३०ः सरकारले संविधान दिवसलाई विगत वर्षहरूमा भन्दा भव्य रुपमा मनाउने तयारी गरिरहँदा सत्ता–साझेदार अर्को दल समाजवादी पार्टीले भने संविधान दिवस नमनाउने निर्णय गरेको छ ।
समाजवादी पार्टीका तर्फबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री छन् भने शहरी विकासमन्त्री रुपमा मोहम्मद इस्तियाक राई छन्। सो पार्टीको प्रमुख नेता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन्।
उक्त पार्टी संघीय संसद्को तेस्रो ठूलो दल हो। प्रदेश नम्बर २ को सरकारको नेतृत्व पनि समाजवादी पार्टीले नै गरेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उक्त दलका उपाध्यक्ष हुन्।
पार्टी प्रवक्ता प्रशान्त सिंहले संविधान दिवशलाई ‘खुशीयालीका रुपमा दीपावलि र विरोधका रुपमा कालोदिन दुवै नमनाउने’ निर्णय गरेको जानकारी दिए।
पार्टी निर्णय सार्वजनिक गर्दै सिंहले भनेका छन्, ‘०७२ सालको संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ को सन्दर्भमा खुशीयालीको रुपमा दीपावलि वा विरोधको रुपमा कालो दिवश दुवै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि नहुने समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेको छ।’
उक्त पार्टीले सो दिन सात वटै प्रदेशमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तर्क्रिया सात वटै प्रदेश राजधानीमा गर्ने निर्णय पनि गरेको छ ।
विज्ञप्ति हेर्नुहाेस् :







