Kathmandu Press

राप्तीमा २० गोही छाडियो

चितवन, माघ २३ : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुरघाटमा आज २० वटा गोही छाडिएको छ। १९ वटा पोथी र...
राप्तीमा २० गोही छाडियो

चितवन, माघ २३ : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुरघाटमा आज २० वटा गोही छाडिएको छ। १९ वटा पोथी र एउटा भाले गोही छाडिएको हो।

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही आज छाडिएको हो। प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार संरक्षणमा लागेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरुको उपस्थितिमा घडियाल गोही छाडिएको हो। कसरामा नै हुर्काइएका २० वटा गोहीलाई यही माघ १९ गते कोसी नदीको पथरीमा लगेर छाडिएको थियो।

Hardik ivf

तीन भाले र १७ वटा पोथीलाई छाडिएको हो। कसराबाट १८ गते लगिएका गोही १९ गते छाडिएको हो। यसै वर्ष राप्तीमा कसराबाट १२ वटा गोही छाडिएको थियो। केही दिनमा नवलपरासीको दिव्यपुरीस्थित नारायणी नदीमा २० देखि २५ गोही छोड्ने कार्यक्रम रहेको छ। यस वर्ष एक सय हाराहारी गोही छाडिने उनले जानकारी दिए। हालसम्म विभिन्न नदीमा एक हजार ६३७ गोही छाडी सकिएको छ। यस वर्ष राप्ती र नारायणीका सातवटा गुँडबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन्।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। आचार्यका अनुसार हालसम्म राप्तीमा ८६७, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन्।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० वटा गोही रहेका छन्। प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ। केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्