Kathmandu Press

भाउजूमाथि पेट्रोल छर्केर आगो लगाई हत्या

सप्तरी, माघ २३ : सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्। सत्ताइस वर्षीया राजकुमारी साहको...
भाउजूमाथि पेट्रोल छर्केर आगो लगाई हत्या
Hardik ivf

सप्तरी, माघ २३ : सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्। सत्ताइस वर्षीया राजकुमारी साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

दुई दिनअघि २० वर्षीय परमेश्वर साहले घरमै रोटी पकाइरहेकी आफ्नी भाउजू राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको पीडित परिवारले आरोप लगाएको छ। जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। यता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउने देवरको खोजी भइरहेको बताए।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्