Kathmandu Press

राप्रपाका पदाधिकारीले लिए गोपनीयताको शपथ

काठमाडौँ, माघ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनियुक्त २४ पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन। धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा...
राप्रपाका पदाधिकारीले लिए गोपनीयताको शपथ
Hardik ivf

काठमाडौँ, माघ २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनियुक्त २४ पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ लिएका छन। धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई शपथ गराउँदै देशभर सङ्गठन विस्तार गरी पार्टीका नीति तथा कार्यक्रमबारे जनतालाई आश्वस्त पार्न निर्देशन दिए।

पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पदाधिकारीलाई स्वागत गर्दै पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्ने विचार व्यक्त गरे।

गत मङ्सिरमा अधिवेशन सम्पन्न गरेको सो पार्टीले हालै उपाध्यक्ष, महामन्त्री, प्रवक्तालगायत पद तथा विभागीय प्रमुख मनोनित गरेको थियो। पार्टीको सचिवालय प्रमुखमा उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिइएको नेता सुन्दर पाण्डेले जानकारी दिए। उनका अनुसार पार्टीका अध्यक्ष लिङ्देन र पूर्वअध्यक्ष कमल थापाकाबीच करिब दुई महिनापछि पहिलोपटक भेटवार्ता भएर सङ्गठनलाई एकताबद्ध बनाएर लैजाने सहमति भएको छ।

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्