Kathmandu Press

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौं, माघ २३ : न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। लोक सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने उद्देश्यले प्रधानन्यायाधीश...
न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौं, माघ २३ : न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। 

लोक सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने उद्देश्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि न्याय सेवाको बैठक डाकेका थिए।

Hardik ivf

न्याय सेवा आयोगका अध्यक्ष प्रधानन्यायाधीश हुने व्यवस्था छ। उनीबाहेक कोही पनि सदस्य बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको जनाइएको छ।

बैठकमा कानुनमन्त्री दिलेन्द्र बडु, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी उपस्थित नहुँदा बैठक स्थगित भएको हो।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्