चार महिनादेखि हराएको श्रीमती खोजिदिन भोलनको आग्रह
काठमाडौं माघ २३ : मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलनले आफ्नो श्रीमती हराएको भन्दै खोजिदिन आग्रह गरेका छन्। विगत चार महिनादेखि श्रीमती कमला...
काठमाडौं माघ २३ : मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलनले आफ्नो श्रीमती हराएको भन्दै खोजिदिन आग्रह गरेका छन्। विगत चार महिनादेखि श्रीमती कमला भोलन हराएको भन्दै उनले खााेजिदिन आग्रह गरेका हुन्।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि आफ्नो श्रीमती हराएको बताए। उनले हाल उनी बस्दै आएको ललितपुर चापाँगाउँको झ्यालपाटीबाट श्रीमती हराएको बताए।
गलैचा कारखानामा काम गर्दै आएका उनले सबै प्रहरी प्रशासनमा खबर गरेपनि अहिलेसम्म केही पत्ता लागेको बताए।
उनले भने, 'कमला तास खेल्ने गर्थिन्। पटक–पटक तास नखेल्न सुझाव दिने गरेको थिए। असोज–३० गते चापाँगाउँबाट हराएकी कमला एक हप्ता पछाडि माइतीघर मकवानपुर पुगेर बहिनीको मोबाइलबाट मलाई फोन गरिन्। फोनमा उनले घर फर्कन्छु भनेकी थिइन्।'
उनले सम्पुर्ण आफन्तको साेधपुछ गर्दा पनी श्रीमती पत्ता नलागेपछ खोजिदिन मिडियम समक्ष आग्रह गरेकाे बताए।
उनका चार र ६ वर्षको दुई छोराहरु छन्।












