डीन अग्रवालमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग
काठमाडौ, भदौ ३० : नेपाल चिकित्सक संघ र स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालमाथि दुर्....

काठमाडौ, भदौ ३० : नेपाल चिकित्सक संघ र स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गरेका छन्।
संघ र विद्यार्थी युनियनले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न माग गरेका हुन्। डीन अग्रवाललाई भेट्न गएका एक युवकले कार्यकक्षमै दुर्व्यवहार गरेका थिए।
राजधानीको केन्द्रमा रहेको आईओएममा समेत चिकित्सकलाई बदनाम गर्ने र चरित्र हत्या गर्नेजस्ता गतिविधिले देशभरका चिकित्सक असुरक्षित रहेको महसुस गराएको विज्ञप्तिमा जनाएको छ।
विज्ञप्तिमा यस्ता गतिविधिलाई नियन्त्रण गर्न हाल मन्त्रिपरिषदमा विचाराधिन रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र सो को नियमावली २०६९’ मा धरौटीबिना जेल चलानको प्रावधान थप गरी पारित गर्न पनि माग गरिएको छ।











-1784808429.png)