ज्ञानेन्द्र शाही रिहा
काठमाडौं, भदौ ३० : पर्यटनमन्त्री योगेश भट्टराईको जहाजभित्र विरोध गरेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले रिहा गरेको छ।
आइतबार ललितपुरको पुल्चोकमा....

काठमाडौं, भदौ ३० : पर्यटनमन्त्री योगेश भट्टराईको जहाजभित्र विरोध गरेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले रिहा गरेको छ।
आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेका बेला महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो।
पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ थियो। तर, उनका सहयोगीले भने बाँकेको घटनाका कारण पक्राउ गरेको जनाएका थिए। शनिबार पर्यटनमन्त्री भट्टराईका लागि जहाज रोकिएपछि उनले विरोध जनाएका थिए।
आज उनलाई सम्झाइ, बुझाइ गरेर छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकबहादुर राईले बताए। ज्ञानेन्द्रले पनि गल्ती सच्याउने प्रतिबद्धता जनाएको राईको भनाइ छ।











-1784808429.png)