लमजुङमा पुनः भूकम्पको धक्का
लमजुङ, माघ २३ : लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव...
लमजुङ, माघ २३ : लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन्। जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २।५ रेक्टर स्केलको भूकम्प गएको थियो।
गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ। सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
प्रकाशित मिति: १७:१० बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












