Kathmandu Press

लागुऔषधसहित काठमाडौंको नरेफाँटबाट दुई पक्राउ

काठमाडौं, माघ २३ : नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर...
लागुऔषधसहित काठमाडौंको नरेफाँटबाट दुई पक्राउ

काठमाडौं, माघ २३ : नेपाल प्रहरीले लागुऔषधसहित काठमाडौंको नरेफाँटबाट दुईजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागुऔषधसहित सर्लाही मलंगवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।

Hardik ivf

महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झोलामा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ।

पक्राउ परेकासँग लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार महानगरीय प्रहरीवृत्त बानेश्वरले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए। 

प्रकाशित मिति: १६:०० बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्