Kathmandu Press

संस्कृत विद्यालयको सहयोगार्थ सामूहिक व्रतबन्ध

नुवाकोट, माघ २३ : हिन्दु संस्कारअनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई खर्च धान्न हम्मेहम्मे पर्न थालेको छ।बढ्दो महँगीका कारण व्रतबन्ध गराउन समस्यामा...
संस्कृत विद्यालयको सहयोगार्थ सामूहिक व्रतबन्ध

नुवाकोट, माघ २३ : हिन्दु संस्कारअनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई खर्च धान्न हम्मेहम्मे पर्न थालेको छ।

बढ्दो महँगीका कारण व्रतबन्ध गराउन समस्यामा रहेका परिवारलाई ध्यानमा राखेर नुवाकोटको देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको सामूहिक व्रतबन्धबाट ११४ बटुकका परिवार लाभान्वित भएका छन्।

Hardik ivf

श्रीपञ्चमीको अवसरमा आज विदुर नगरपािलका–५ देवीघाटस्थित नीलकण्ठ कैलाशधाम परिसरमा विद्यालयले सामूहिक व्रतबन्ध सञ्चालन गरेको हो। संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएपछि स्रोत जुटाउन र सामान्य परिवारका बटुकको कर्म चलाउन २०५५ सालबाट सुरु गरिएको सामूहिक व्रतबन्ध अहिले सर्वसाधारणका लागि सस्तो खर्चमा सन्तानको चूँडाकर्म गराउने अवसर बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले बताए। 

सामूहिक व्रतबन्ध कार्यक्रम विद्यालयको आर्थिक टेवामा सहजता ल्याउने माध्यमसमेत बनेको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताए। व्रतबन्ध अर्थात चुँडाकर्ममा अहिले लाखौं खर्च हुने गरेको छ । सामूहिक व्रतबन्धमा सानो रकमले संस्कार पूरा हुने भएपछि सामूहिक व्रतबन्धमा धनी गरिब सबैको आकर्षण बढेको छ। 

यस वर्षप्रति बटुक रु. ५ हजार लिएर व्रतबन्ध गराइएको हो। तोकिएको शुल्क विद्यालयलाई तिरेपछि विद्यालयका तर्फबाट बटुकका लागि एक जोर धोती, बटुक र अभिभावकलाई खानपिनको व्यवस्थासमेत गरिएको छ। सामूहिक व्रतबन्धमा सहभागी हुन नुवाकोटलगायत रसुवा, धादिङ र काठमाडौंबाट समेत बटुक आएको विद्यालयले जनाएको छ। 

अध्यक्ष डंगोलका अनुसार सामूहिक व्रतबन्धबाट अहिलेसम्म दुई हजार ३०० भन्दा बढीले लाभ लिइसकेका छन्। जिल्लाको एक मात्र संस्कृत विद्यालयले अहिले छात्रवासमा विद्यार्थी राखेर संस्कृत गुरुकुल शैलीको पठनपाठन सञ्चालन गरिरहेको छ। व्रतबन्धबाट आएको रकम छात्रवास सञ्चालन गर्न खर्च गरिने अध्यक्ष डंगालले बताए। 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्