सिंहदरबारनजिकै कालो बेलुन उडाउने तीनजना पक्राउ
काठमाडौं, माघ २३ : सिंहदरबारनजिकै कालो बेलुन उडाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।आज (आइतबार) सिंहदरबारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर युवा...
काठमाडौं, माघ २३ : सिंहदरबारनजिकै कालो बेलुन उडाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
आज (आइतबार) सिंहदरबारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर युवा संघले सरकारको विरोध गरेको थियो।
सिंहदरबार क्षेत्रबाट पक्राउ परेका तीनैजना युवा संघका कार्याकर्ता रहेको जनाइएको छ।
स्थानीय तह निर्वाचनको मिति घोषणामा सरकारले ढिलाइ गरेको, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि गरिएको भन्दै विरोधस्वरूप कालो बेलुन उडाइएको युवासंले जनाएको छ।
प्रकाशित मिति: १४:२१ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












