मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
बाजुरा, माघ २३ : बाजुराको बुढीगंगा नगरपालिका-६ बाम्का बजारनजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै अर्को एकजना घाइते भएका छन्।अछाम जिल्ला...
बाजुरा, माघ २३ : बाजुराको बुढीगंगा नगरपालिका-६ बाम्का बजारनजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै अर्को एकजना घाइते भएका छन्।
अछाम जिल्ला घर भई बाम्का बजारमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका-४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ।
साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ। फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप–०१–००८प ४०५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो।
प्रकाशित मिति: १४:०४ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












