Kathmandu Press

हिमपातले सिमकोटको हवाई सेवा अवरुद्ध

सिमकोट, माघ २३ : गत बिहीबार र शुक्रबार परेको हिमपातले सिमकोटको हवाई सेवा अवरुद्ध भएको छ। यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ।मौसममा सुधार...
हिमपातले सिमकोटको हवाई सेवा अवरुद्ध
Hardik ivf

सिमकोट, माघ २३ : गत बिहीबार र शुक्रबार परेको हिमपातले सिमकोटको हवाई सेवा अवरुद्ध भएको छ। यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ।

मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ। साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ। 

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए। विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्