Kathmandu Press

लुक्लामा तीन सयभन्दा बढी पर्यटक अलपत्र

सोलुखुम्बु, भदौ ३० : प्रतिकूल मौसमले गर्दा तीन दिनदेखि तीन सयभन्दा बढी पर्यटक लुक्लामा अलपत्र परेका छन्।

खुम्बु क्षेत्रको भ्रमण गरेर काठमाडौ....

लुक्लामा तीन सयभन्दा बढी पर्यटक अलपत्र

सोलुखुम्बु, भदौ ३० : प्रतिकूल मौसमले गर्दा तीन दिनदेखि तीन सयभन्दा बढी पर्यटक लुक्लामा अलपत्र परेका छन्।

खुम्बु क्षेत्रको भ्रमण गरेर काठमाडौं फर्कने तयारीमा रहेका पर्यटक अलपत्र परेका हुन्। तीन सयभन्दा बढी पर्यटक लुक्लामै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए।

उनका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन्। शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ।

त्यस्तै शनिबार २५ वटा उडान तालिकामध्ये पाँच वटामात्रै उडान भएका थिए। आइतबारका लागि ३० वटा उडान तालिका भए पनि एउटै उडान हुन नसकेको प्राधिकरण प्रमुख अधिकारीले बताए। बाक्लो हुस्सुका कारण हेलिकप्टरले पनि उडान भर्न नसकेपछि  समस्या भएको हो।

सोमबार पनि मौसम उस्तै रहेको छ। बाक्लो हुस्सु यथावत रहेको छ।

 

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्