Kathmandu Press

सप्तरीमा देवरले पेट्रोल छर्केर आगो लगाइएकी महिलाको मृत्यु

सप्तरी, माघ २२ : सप्तरीको बोदेबर्साइनमा आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाइएकी एक महिलाको मृत्यु भएको छ।आगोमा जलेर गम्भीर घाइते भएकी उनको विराटनगरस्थित...
सप्तरीमा देवरले पेट्रोल छर्केर आगो लगाइएकी महिलाको मृत्यु

सप्तरी, माघ २२ : सप्तरीको बोदेबर्साइनमा आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाइएकी एक महिलाको मृत्यु भएको छ।

आगोमा जलेर गम्भीर घाइते भएकी उनको विराटनगरस्थित अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको् छ।

Hardik ivf

सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी २० वर्षीय परमेश्वर साहले शुक्रबार बिहान २७ वर्षीया भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। 

घरमा रोटी पकाइरहेको अवस्थामा राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियो। उनको शरीरको विभिन्न भाग जलेको प्रहरीको भनाइ छ। 

आफू घरमा नभएका बेला भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै ३० वर्षीय पति रविनकुमार साहले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्