जहाजभित्र पर्यटनमन्त्रीको विरोध गर्ने ज्ञानेन्द्रलाई युवा संघद्वारा कास्की प्रवेशमा रोक
काठमाडौं, भदौ ३० : जहाजभित्र पर्यटनमन्त्री योगेश भट्टराईको विरोध गरेको भन्दै युवा संघले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।<....

काठमाडौं, भदौ ३० : जहाजभित्र पर्यटनमन्त्री योगेश भट्टराईको विरोध गरेको भन्दै युवा संघले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने घोषणा गरेको छ।
नेकपाको भातृ संगठन राष्टिन्य युवा संघ नेपालको तर्फबाट वाईसीएलका अध्यक्ष भोजराज पौडेल र युवासंघ नेपालका अध्यक्ष डिल्लीराज सुवेदीले प्रेस विज्ञप्ति जारी गरी ज्ञानेन्द्रलाई कास्कीमा निषेध गर्ने जनाएका हुन्। उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाही जस्ता कुपात्रलाई गणतान्त्रिक भूमि कास्कीमा निषेध गर्ने’ उल्लेख छ।
शनिबार नेपालगञ्जबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाजलाई पर्यटनमन्त्री भट्टराईका लागि रोक्न लगाएको थियो। कैलालीबाट फर्किदै गरेका मन्त्री भट्टराईका लागि जहाज रोकिएपछि यात्रुले विरोध जनाएका थिए। जहाजमै रहेका ज्ञानेन्द्रले मन्त्री भट्टराईको चर्को श्वरमा विरोध गरेका थिए।
त्यसै घटनालाई लिएर कास्की युवा संघले ज्ञानेन्द्रलाई निशेध गर्ने जनाएको हो। विज्ञप्तीमा ज्ञानेन्द्रलाई प्रतिगामी तत्वको संज्ञा दिइएको छ।
उनी आइतबारदेखि प्रहरी नियन्त्रणमा छन्। आइतबार दिउसो त्यही घटनाका विषयमा पुल्चोकमा पत्रकार सम्मेलन गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ।











-1784808429.png)