Kathmandu Press

सोलुमा हिमपात, तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

सोलुखुम्बु, माघ २३ : भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ।गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको...
सोलुमा हिमपात, तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

सोलुखुम्बु, माघ २३ : भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ।

गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो। सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुखुम्बुमा सवारी आवागमन ठप्प बनेको छ।

Hardik ivf

सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटुवालले जानकारी दिए।

यातायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ। सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ।  

स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो। (रासस)

प्रकाशित मिति: ०८:११ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्