Kathmandu Press

विपद्मा रेडक्रसको भूमिका सराहनीय छ : नेता पौडेल

दमाैली, माघ २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताएका छन। नेपाली रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो...
विपद्मा रेडक्रसको भूमिका सराहनीय छ : नेता पौडेल
Hardik ivf

दमाैली, माघ २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद्मा रेडक्रसको भूमिका सराहनीय रहेको बताएका छन। नेपाली रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको दोस्रो अधिवेशनको उद्घाटनमा उनले विपद्को घडीमा रेडक्रसले पुर्‍याएको योगदानको जति चर्चा गरे पनि कम हुने बताए।

स्वयंसेवामा रेडक्रसले गर्दै आएको कार्यले रेडक्रसप्रति आममानिसको सम्मान रहँदै आएको नेता पौडेलको भनाइ थियो। संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गरेका थिए।

अधिवेशनले उपशाखाको सभापतिमा इन्द्रबहादुर आलेलाई चयन गरेको छ। उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन भएका छन। सदस्यहरूमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन भएका छन। यसैगरी नेपाल रेडक्रस सोसाइटी तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिको रूपमा छनोट भएका छन।

प्रकाशित मिति: १९:५१ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्