मुक्तिनाथ जाँदै गरेको बस दुर्घटना, २७ यात्रु घाइते
तनहुँ, भदौ ३० : मुक्तिनाथ जाँदै गरेको बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा २७ ती....

तनहुँ, भदौ ३० : मुक्तिनाथ जाँदै गरेको बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा २७ तीर्थयात्री घाइते भएका छन्।
मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। बाँकी सबै डिस्चार्ज भइसकेका छन्।
घाइतेमध्ये ६ जनालाई धेरै चोट लागेको छ। उनीहरूको अवस्था पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित मिति: १०:४९ बजे, सोमबार, भदौ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)