Kathmandu Press

हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार विष्ट र अर्याललाई

काठमाडौँ, माघ २२ : प्रेस चौतारी नेपालले स्थापना गरेको पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम घोषणा गरिएको छ। स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित...
हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार विष्ट र अर्याललाई
Hardik ivf

काठमाडौँ, माघ २२ : प्रेस चौतारी नेपालले स्थापना गरेको पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम घोषणा गरिएको छ। स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा चौतारीका पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम घोषणा गरिएको हो।

चौतारीका अध्यक्ष गणेश बस्नेतले २०७७ र २०७८ सालको पत्रकारिता पुरस्कार पाउने व्यक्तिको नाम घोषणाा गरिएको जानकारी दिए। उनका अनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ। अर्याललाई २०७७ र विष्टलाई २०७८ सालको पुरस्कार प्रदान गरिने भएको छ। अग्निशिखा पत्रकारिता पुरष्कार २०७७ सालको कृष्णविनोद लम्साल र २०७८ सालको झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरष्कार २०७७ सालको राजधानी दैनिकका सम्पादक सागर पण्डित र सोही पुरस्कार २०७८ सालको हिरा परियारलाई प्रदान गरिने घोषणा भएको छ।

वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार २०७७ सालको गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतम र २०७८ सालको अनुप तिवारी, पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार २०७७ सालको अब्दुल्ला मियाँ र २०७८ सालको शिवराज भट्टलाई तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरूङलाई प्रदान गरिने भएको छ। आगामी फागुनमा पोखरामा हुने प्रेस चौतारीको महाधिवेशनमा पुरस्कार प्रदान गरिने प्रेस चौतारीका अध्यक्ष बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: १९:१३ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्