Kathmandu Press

‘थिंक ट्यांक’ को भर्चुअल सम्मेलन सम्पन्न, राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना सहभागी

‘थिंक ट्यांक’ को भर्चुअल सम्मेलन सम्पन्न, राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना सहभागी

काठमाडौं, माघ २२ : युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित विश्व शान्ति र कोरियाली प्रायद्विपको पुनः एकीकरण विषयक तीन दिने भर्चुअल सम्मेलन सम्पन्न भएको छ।

सेमिनारमा ‘थिंक ट्यांक २०२०’ को निरन्तरताको रुपमा भएको थियो भने जसको उद्देश्य सात दशकदेखि विभाजित कोरियाली प्रायद्विपका दुई राष्ट्र उत्तर र दक्षिण कोरियाको एकीकरण र विश्व शान्ति स्थापना गर्नु रहेको छ।  

भर्चुअल सेमिनारमा भाग लिन एसिया प्रशान्त र विश्वभरबाट लगभग ४,५०० जनाले दर्ता गरेका थिए र सहभागीहरू २  लाख २० हजारभन्दा बढीले लाइभ–स्ट्रिम र सामाजिक संजालबाट  भाग लिएको आयोजकले जनाएको छ।  युपिएफका संस्थापक स्वर्गीय  डा. सन म्योङ मुन र उनकी पत्नी  डा. हाक जा हान मुन हुन्।  

Hardik ivf

युपिएफका एसिया प्रशान्त अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले विश्व शान्ति सम्पूर्ण मानवको सपना हो जातजाति, भाषा, राष्ट्रियता, धर्म र दर्शनको माध्यमबाट विश्व टुक्राटुक्रा भएको हुनाले अबको पुस्ताले यी विभाजनभन्दा माथि उठ्न सकेको खण्डमा कोरियाली प्रायद्वीपको एकीकरण र विश्व शान्ति हाम्रै जिवनकालमा सम्भव रहेको बताए ।

सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वाल्स, भारतीय आम आदमि पार्टिका नेता अजय दत लगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए।

तीन दिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए। जसमा  सांसद  ,महिला नेत्रीहरू, व्याबसायी,  विश्वासमा आधारित संगठनहरू, नागरिकसमाज , शिक्षाविद , मिडिया  संस्कृति र खेलकुद, साथै युवाहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा पूर्व राष्ट्रप्रमुख, प्रथम महिला, संसदका सदस्य र सरकारी मन्त्रीहरू सम्मिलित थिए । सम्मेलनमा ३८ राष्ट्रहरूको प्रतिनिधिहरु सहभागी थिए। सम्मेलनलाई आठ भाषामा एक साथ अनुवाद गरिएको थियो।

युपिएफले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना गर्न लागेको ’विश्व शिखर सम्मेलन’को पुर्वसन्ध्यामा आयोजना भएको यो समारोहलाई महत्वकासाथ हेरिएको छ।

कम्बोडियाका प्रधानमन्त्री सामदेक हुनसेन र युएनका पुर्व महासचिव बान कि मुनको समेत सहभागितामा यहि ११–१४ फेबुअरी २०२२ मा दक्षिण कारिएको राजधानी सियोलमा विश्व शिखर सम्मेलन हुँदैछ।

प्रकाशित मिति: १८:३२ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्