प्रधानमन्त्री ओली र देउवाकाे टाेलीबीच बालुवाटारमा दुई घण्टा छलफल
काठमाडौं, भदौ ३० : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवासहितकाे टाेलीबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ।
आ....

काठमाडौं, भदौ ३० : प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवासहितकाे टाेलीबीच बालुवाटारमा दुई घण्टा छलफल भएको छ।
आइतबार साँझ देउवा नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत ११ जनाको कांग्रेस नेताको टोली बालुवाटार पुगेको थियो। छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए।
प्रधानमन्त्री ओलीसँगको बैठकमा समसामियक घटनाक्रमका विषयमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रवक्ता शर्माका अनुसार, कांग्रेस टोलीले बाँकेमा भएको घटनाका दोषीलाई कारवाहीको माग गरेको थियो।
नेकपा स्थानीय नेता तथा कार्यकर्ताले कांग्रेसको जागरण अभियानको कार्यक्रममा जिल्ला सभपाति करिण कोइरालासहित नेतामाथि हातपात गरेका थिए। जसले गर्दा काग्रेसले आइतबार संसद् अवरुद्ध गरेकाे थियाे।
त्यस्तै, बैवाहिक अंगकृत नागरिकता, भूमि, शैनिक परिचालन, मिडिया, मानवअधिकार आयोगको विधेयकका विषयमा पनि छलफल भएको जनाएको छ।
प्रधानमन्त्री ओलीले बाँके घटनाका दोषीलाई तत्काल कारवाही गरिने प्रतिबद्धता जनाएका थिए। उनले कांग्रेस उठाएका सबै विषयमा समन्वय गरे अघि बढ्ने बताएका थिए।











-1784808429.png)