Kathmandu Press

चोरी भएको सुनको ट्वाइलेट खोज्न बेलायती अधिकारीलाई हम्मे

सुनले बनेको ट्वाइलेट चोरी भएको घटनामा बेलायती प्रहरीले ६६ वर्षिय पुरूषलाई पक्राउ गरेका छन्। अमेरिका शीर्षक दिइएको उक्त शौचालयलाई इटालीका ५८ वर्षिय मौरिजियो कात्तेलानले....

चोरी भएको सुनको ट्वाइलेट खोज्न बेलायती अधिकारीलाई हम्मे

सुनले बनेको ट्वाइलेट चोरी भएको घटनामा बेलायती प्रहरीले ६६ वर्षिय पुरूषलाई पक्राउ गरेका छन्। अमेरिका शीर्षक दिइएको उक्त शौचालयलाई इटालीका ५८ वर्षिय मौरिजियो कात्तेलानले बनाएका हुन्। 

शौचालयलाई बेलायतको ब्लेनहाइम प्यालेसमा यो साता प्रदर्शनका लागि राखेको थियो। ट्विटरमा एउटा वक्तव्य जारी गर्दै ब्लेनहाइम प्यालेसले चोरी भएको पुष्टि गरेको हो। “यो अभूतपूर्व घटनाबाट हामी दुखी भएका छौं तर कोही पनि हताहत नभएकोले केहि राहत पनि मिलेको छ। कर्मचारी र टेम्ज भ्याली पुलिसको द्रुत र बहादुरीपूर्ण कार्यप्रति हामी आभारी छौं,” वक्तव्यमा भनिएको छ।

चोरी गर्ने समूहले “कम्तिमा दुईवटा सवारी साधन” प्रयोग गरेको प्रहरीको विश्वास छ। उक्त शौचालयको मुल्य १२ लाख ५० हजार अमेरिकी डलर भएको अनुमान गरिएको छ। त्यसलाई भवनको “प्लम्बिङ”सँग जडान गरिएको थियो। फलस्वरूप शौचालय चोरी हुँदा निकै क्षति पुगेको छ। 

Hardik ivf

ब्लेनहाइम प्यालेस युनेस्को विश्व सम्पदा क्षेत्र हो। यहाँ विन्स्टन चर्चिलको जन्म भएको थियो। “यो चोरी गर्नु सजिलो थिएन,” लर्ड एडवर्ड स्पेन्सरचर्चिलले अगष्टमा भनेका थिए। उनी ड्युक अफ मार्लबोरोका सहोदर हुन्। 

सो दरबार उनीहरूको बासस्थान हो। “पहिलो कुरा त्यो जडान गरिएको छ। अन्तिम पटक कसले शौचालय प्रयोग गर्‍यो वा उसले के खाएको थियो भन्नेबारे चोरलाई थाहा हुँदैन। त्यसैले त्यसको सुरक्षा गर्ने योजना छैन।”

कात्तेलानको यो दुई दशकयताकै पहिलो एकल प्रदर्शनी हो। चोरी हुनुअघि आगन्तुकहरूले उक्त सुनौलो शौचालय प्रयोग गर्नलाई तीन मिनेट समय लिन सक्थे। यसअघि न्यूयोर्कको गुगनहाइममा प्रदर्शनीका लागि राखिएको थियो।

“शौचालयमा सबैको सहज पहुँच छ। सबैले प्रयोग गर्न पाउँछन्। यसले कला जगत र विशेष गरि संग्रहालयमा धेरै प्रश्नहरू खडा गरेको छ,” गुगनहाइम संग्रहालयका क्युरेटर नान्सी स्पेक्टरले सन् २०१६ बताएकी थिइन्। “कलाकृतिसँग यति अन्तरंग र निजी अनुभव गर्न पाइने अवधारणा र आफ्नै मुल्यबारे नाटकिय रूपमा बोल्ने कलाकृति धेरै तहमा अद्भुत छ।”

“यो उत्कृष्ट कलाकृतिलाई सबैलाई, त्यसको लक्षित समूहलाई देखाएर जोखिम उठाइन्छ,” ब्लेनहाइम प्यालेसका सिइओ डोमिनिक हेयरको इमेल वक्तव्यमा लेखिएको छ। “अमेरिकी सपना र अभिजात वस्तु सबैलाई उपलब्ध भएको अवधारणा अकस्मात हराउनु आफैंमा विरोधाभाष छ।”

एक पटक कातालनले अमेरिकालाई व्हाइट हाउसमा राख्ने प्रस्ताव गरेका थिए। सन् २०१७ मा ट्रम्प प्रशासनको व्हाइट हाउसले गुगनहाइमबाट भिन्सेन्ट भ्यान गोग उधारो लिने बताएपछि स्पेक्टरले उक्त कलाकृति उपलब्ध नभएको बताएकी थिइन्। त्यसको साटो अमेरिका उपलब्ध भएको उनले पत्राचार गरिन्।

“यसलाई व्हाइट हाउसमा राख्ने राष्ट्रपति र प्रथम महिलाको इच्छा भए हामी यो कलाकृति उधारोमा लैजाने प्रकृयाको सहजीकरणमा सहयोग गर्नेछौं,” दि वाशिङ्टन पोस्टमा प्रकाशित एउटा इमेलमा स्पेक्टरले लेखेकी छिन, “निश्चय पनि यो अत्यन्तै बहुमुल्य र केहि कमजोर पनि छ तर त्यसलाई जडान गर्ने र त्यसको स्याहार सम्बन्धी सम्पूर्ण निर्देशन उपलब्ध गराउनेछौं।”

कात्तेलानलाई कला जगतको विदुषक भनिन्छ। सन् १९९६ मा एम्स्टर्ड्यामको एउटा प्रदर्शनीमा आफ्नै कलाकृति ल्याउन नसकेपछि उनले अर्कैको समग्र कला चोरी गरे। त्यसको श्रेय पनि लिने प्रयास गरे। कात्तेलान अत्यन्तै सफल छन्। उनका कलाकृतिहरू एक करोड अमेरिकी डलरभन्दा धेरै मुल्यमा बिक्री भएका छन्।

एनपीआरबाट नेपाली अनुबाद

प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्