Kathmandu Press

स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु

स्याङ्जा, माघ २२ : आज (शनिबार) बिहान स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज...
स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु

स्याङ्जा, माघ २२ : आज (शनिबार) बिहान स्याङ्जामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नम्बरको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिए।

जिप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ। घटनास्थलबाट प्रहरीले शव सङ्कलन गरी शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताए। 

प्रकाशित मिति: १६:२६ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्