Kathmandu Press

दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

काठमाडाैं, माघ २२ : महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ।पछिल्लो समय नेपालमा...
दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न

काठमाडाैं, माघ २२ : महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ।

पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणलाई न्यूनीकरण गर्न  ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत निःशुल्क मास्क वितरण एवम् जनचेतना कार्यक्रम सम्पन्न गरेको हो।

Hardik ivf

कार्यक्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख, प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले पछिल्लो समय मुलुकमा बढ्दै गएको कोरोना सङ्क्रमणबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। कोरोना सङ्क्रमणबाट जोगिनका लागि आम नागरिक आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो।

काठमाडौं महानगरपालिका–१४ का वडासदस्य विनोद थापाले समाज रुपान्तरणको क्षेत्रमा नेपाल प्रहरी र जेसिजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा ‘तपाईंको मास्क खोई रु’ अभियानसमेत सञ्चालन गरिएको थियो।  

प्रहरी र जेसिजले काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत कालीमाटी कङ्लकी क्षेत्रका स्थानीय व्यवसायी, मास्क नलगाई हिँड्ने पैदलयात्रु, चालक, सहचालक, यात्रु, मजदुर लगायतलाई जनचेतनास्वरुप निःशुल्क मास्क वितरण गरिएको थानकोट जेसिजका अध्यक्ष रोशन दानीले जानकारी दिए।

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्