Kathmandu Press

दैलेखमा भारी हिमपात, यातायात अवरुद्ध

दैलेख, माघ २२ : दैलेख सदरमुकाममा १४ वर्षपछि हिमपात भएको छ। २०५४ माघ महिनामा भिषण हिमपात भए पनि त्यसयता नभएको स्थानीयवासी राधा शाहीले बताइन्।...
दैलेखमा भारी हिमपात, यातायात अवरुद्ध

दैलेख, माघ २२ : दैलेख सदरमुकाममा १४ वर्षपछि हिमपात भएको छ। २०५४ माघ महिनामा भिषण हिमपात भए पनि त्यसयता नभएको स्थानीयवासी राधा शाहीले बताइन्। यसअघि दैलेखको उच्च भूभागमा मात्रै हिमपात पर्ने गरेको थियो।

बिहीबार रातिदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, तिनचुले, महाबु गाउँपालिकाको महाबु हिमाललगायत जिल्लाका ११ वटै स्थानीय तहको उच्च भूभागमा भारी हिमपात भएको हो। गुराँसे क्षेत्रमा भारी हिमपातले यातायात अवरुद्ध भएको छ।

Hardik ivf

नौमुले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरव, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबासलगायत क्षेत्रमा भारी हिमपात भएको हो।

यस्तै महाबु गाउँपालिकाको काशिकाँध भाग, गैँडाबाज, रानीवन, भैरवी गाउँपालिकाको कुसापानी, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाइला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पीपलकोट र तिलेपाटा र दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा पनि हिमपात भएको छ।

गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अवरुद्ध भएको छ। दैलेखदेखि गुराँसे हुँदै सुर्खेतसम्मको यायातात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए।  हिउँ परेसँगै जिल्लाभर अत्यधिक चिसो बढेको छ।

रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको छ। हिमपातले एक्कासि बढेको चिसोले विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्गलाई बढी समस्या भएको छ।

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्