Kathmandu Press

सर्वोच्चबाट आफ्नै आदेश बदर, एमबीबीएसको परीक्षा लिन बाटो खुल्यो

काठमाडौं, भदौ २९ : सर्वोच्च अदालतले एमबीबीएस प्रवेश परीक्षा रोक्ने  यसअघि दिएको अन्तरिम आदेश बदर गरेको छ। 

आईतबार न्यायाधीश ईश्वर ....

सर्वोच्चबाट आफ्नै आदेश बदर, एमबीबीएसको परीक्षा लिन बाटो खुल्यो

काठमाडौं, भदौ २९ : सर्वोच्च अदालतले एमबीबीएस प्रवेश परीक्षा रोक्ने  यसअघि दिएको अन्तरिम आदेश बदर गरेको छ। 

आईतबार न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको सयुक्त इजलासले त्रिभुवन विश्वविद्यालय लगायतले लिएको एमबीबीएस प्रवेश परिक्षा रोक्न परेको रिट उपर फैसला गर्दै अन्तरिम आदेश खारजे गरेको हो। सर्वोच्चको यो निर्णयसँगै सबै मेडिकल कलेजहरुलाई विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षा लिन बाटो खुलेको छ।

सर्वोच्चको यसअघिको अन्तरिम आदेशले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम)  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसका लागि तयारी गरेको प्रवेश परिक्षा रोकिएको थियो। 

विद्यार्थी आयुष ओझासमेतले  चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए।

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, भदौ २९, २०७६